logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सामुदायिक वनबारे बागमतीमा अन्तरक्रिया


  • उज्यालो अभियान

बागमती, ७ फागुन – सर्लाहीको बागमतीमा आज स्थानीय सरकार तथा स्थानीय स्तरका समन्वयात्मक कार्यहरुबाट नेपालमा सामुदायिक वन अधिकार सुनिश्चिताको विषयमा अन्तक्र्रिया गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीको आयोजनामा बागमती नगरपालिकाको सभा हलमा सामुदायिक वनका विविध विषयमा अन्तक्र्रिया गरिएको हो । महासंघका जिल्ला अध्यक्ष सीताराम पोखरेलको अध्यक्षता तथा महासंघकै केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया गरिएको हो ।

सहभागीले सर्लाहीमा सामुदायिक वनको अवस्था, वन जंगलको महत्व, यसको संरक्षणलगायतका विषयमा अन्तरक्रिया गरेका छन् ।