हरिवन, ५ फागुन – नेकपा एमाले सर्लाहीको नवौँ जिल्ला अधिवेशन आगामी चैत मसान्तभित्र गरिने भएको छ ।
आज हरिवनमा बसेको जिल्ला कमिटीको पूर्ण बैठकले चैतभित्र सदरमुकाम मलंगवामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
जिल्ला कमिटीका अध्यक्ष राजनारायण साहको अध्यक्षता तथा जिल्ला कमिटी इन्चार्ज ज्वालाकुमारी साहको प्रमुख आतिथ्यतामा बसेको जिल्ला कमिटी बैठकले चैत पहिलो साता बरहथवामा जिल्ला परिषद्को बैठक गर्ने निर्णय गरेको छ ।