logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

चन्द्रनगरमा पशु चौपायलाई निःशुल्क खोप लगाउन सुरु


  • उज्यालो अभियान

किसनपुर, ५ फागुन – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आजबाट किसानले पालेका पशुचौपायलाई निःशुल्क खोप लगाउन सुरु गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलङ्गवा, सर्लाहीको प्राविधिक टोलीले किसानले पालेका भैँसी, पाडापाडी, गाई, गोरु, बाछाबाछीलाई खोरेतसहित मुख तथा खुट्टामा लाग्ने अन्य विभिन्न रोगविरुद्धको भ्याक्सीन लगाउन सुरु गरेको हो । आज वडा नं. १ किसनपुरबाट खोप लगाउने कार्यको सुरुवात गरिएको वडाध्यक्ष रामेश्वर प्रसाद महतोले जानकारी दिए । उनका अनुसार पहिलो दिन नै करिव ७०० चौपायलाई खोप लगाइएको छ ।

पशु प्राविधिकले घरघरमै आएर आ–आफूले पालेका चौपायलाई निःशुल्क भ्याक्सीन लगाइदिए पछि किसान खुसी भएका छन् । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलङ्गवासँग समन्वय गरी गाउँपालिकात्रिका सम्पूर्ण किसानले पालेका चौपायलाई विभिन्न रोगविरुद्धको खोप दिन सुरु गरिएको बताए ।

ग्रामीण भेगमा पर्ने यस गाउँपालिकामा धेरै पशुपालक किसान छन् ।