logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बागमतीमा एक महिलामाथि धारिलो हतियार प्रहार, वीरगन्ज रेफर


  • उज्यालो अभियान

बागमती, ५ फागुन – सर्लाहीको बागमतीमा गएराति एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ ।

बागमती नगरपालिका–१२, बथाने नयाँ बस्ती बस्ने एकल महिला ४५ वर्षीया गोरीमाया विकमाथि अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन् । उनलाई मोडेल अस्पताल कर्मैयामा उपचारपछि थप उपचारका लागि राति नै वीरगन्ज रेफर गरिएको छ ।

हतियार प्रहार गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन् । प्रहरीले यस घटनाबारे कुनै विवरण खुलाएको छैन् ।