logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सशस्त्र प्रहरीद्वारा प्रतिवन्धित भारतीय कुखुरा बरामद


  • उज्यालो अभियान

मलंगवा, ४ फागुन – सशस्त्र प्रहरीले आज सर्लाहीको ब्रम्हपुरीबाट प्रतिवन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ ।

मलंगवास्थित सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मण बरालको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुअवा क्षेत्रबाट प्रतिवन्धित भारतीय कुखुरा बरामद गरेको हो ।

सशस्त्र प्रहरीले प्रतिवन्धित भारतीय कुखुरा ओसार्न प्रयोग गरिएको बीआर ०५ ए एन ४३७८ नम्वरको भारतीय मोटरसाइकल समेत बरामद गरेको छ । त्यसका चालक भने सशस्त्र प्रहरीलाई देख्नासाथ फरार भएका छन् ।

बरामद गरिएको कुखुरा गुल्ममा ल्याएर सरोकारवालाको उपस्थितिमा खाल्डो खनेर नष्ट गरिएको छ ।