कविलासी, २६ माघ – सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीकाे सरुवा भएकाे छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय स्वयंभुले विहिबार निकालेकाे सरुवा सूचि अनुसार नम्बर १० गण हेडक्वाटर सर्लाही कविलासीका गणपति एसपी भण्डारीकाे राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान काठमाडाैं सरुवा भएकाे हाे । एसपी भण्डारीले २०७९ माघ १८ गतेदेखि सर्लाही प्रमुखकाे जिम्मेवारी सम्हालेका थिए ।
सर्लाही सशस्त्र प्रहरी बल प्रमुख अर्थात नम्बर १० गण कविलासीकाे गणपतिकाे रुपमा सशस्त्र प्रहरी उपरीक्षक विनाेद राज खनाल आउने भएका छन् । खनाललाई एपीएफ कमाण्ड तथा स्टाप कलेज काठमाडाैंबाट सर्लाही प्रमुखकाे रुपमा खटाईएकाे हाे । एपीएफ प्रधान कार्यालयले विहिबार साँझ ४ जना डीआईजी र १०० जना एसपीकाे सरुवा गरेकाे छ ।