कर्मैया – नेकपा सर्लाहीका तत्कालिन जिल्ला इन्चार्ज डाचाराज वाग्लेको तेस्रो स्मृति दिवस आइतबार बागमतीमा मनाइएको छ ।
नेकपा माओवादी केन्द्र बागमती नगर कमिटीले बागमती नगरपालिकाको कार्यालयमा स्व. वाग्लेको तस्बीरमा माल्र्यापण गर्दै उनलाई सम्झिएको हो । वाग्लेको तीन वर्षअघि बरहथवाबाट फर्किने क्रममा मूर्तिया जंगलमा रहस्यमय दुर्घटनामा ज्यान गएको थियो ।
वाग्लेको परिवार र माओवादी केन्द्रले वाग्लेको मृत्यु रहस्यमय रहेको बताउँदै आएको छ । आइतबारको कार्यक्रमका वक्ताहरुले वाग्लेको जीवनीको चर्चा गर्दै उनको मृत्युलाई न्याय दिन घटनाको सत्यतथ्य छानविन र दोषीलाई कारवाहीको माग राखेका छन् ।
वाग्लेलाई भर्खरै मात्रै सरकारले शहीदको सूचीमा राखेको छ ।
माओवादी केन्द्र बागमतीका नगर अध्यक्ष चित्रबहादुर तुम्सिङ मगरको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य लुमडी प्रसाद धिमला (लोचन) को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य जवाहारलाल कुशवाहा, मेयर भरतकुमार थापा, उपमेयर लिलाकुमारी मोत्तान, स्व. वाग्लेकी श्रीमती सरस्वती मिश्र वाग्ले, सन्देश श्रेष्ठ, अर्जुन पन्तलगायतले वाग्लेको जीवनको चर्चा गरे ।