मलंगवा – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बिहीबार राति सर्लाही सदरमुकाम मलंगवा आइपुगेका छन् ।
पूर्वबाट समुदायमा कांग्रेस अभियान लिएर अघि बढेका थापा अभियानकै क्रममा हुलाकी सडक हुँदै महोत्तरी भएर सर्लाही आइपुगेका हुन् । थापाको प्रमुख आतिथ्यतामा सदरमुकाम मलंगवामा अहिले अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम जारी छ ।
उनी बिहीबार राति धनकौलमा बास बस्ने भएका छन् । उनी धनकौलमा खाना खाएर रौतहट प्रस्थान गर्ने कार्यक्रम भएपनि रात धेरै परिसकेकाले धनकौलमै बास बस्ने भएका हुन् ।
महामन्त्री थापा अब भोली (शुक्रबार) बिहानै रौतहट प्रस्थान गर्ने कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले बताए ।