logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

चिसो प्रभावित २४ जनालाई न्यानो कपडा प्रदान


  • उज्यालो अभियान

गैर – समृद्धि फाइनान्सको गैर शाखाले कविलासी, हरिपुर र चन्द्रनगरका चिसोबाट प्रभावित २४ जना अतिविपन्न तथा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको छ ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कविलासी नगरपालिका–१, २ र ७, हरिपुर नगरपालिका ३ र चन्द्रनगर गाउँपालिका १ मा न्यानो कम्बल वितरण गरेको शाखा प्रवन्धक रामहरि निरौलाले जानकारी दिए ।

कविलासी नगरपालिकाका नगरप्रमुख ब्रम्हदेव रायको प्रमुख आतिथ्यतामा चिसो प्रभावित व्यक्तिहरुलाई कविलासी ७ स्थित गैर बजारमा संस्थाको कार्यालय अगाडि बोलाएर कम्बल वितरण गरिएको हो ।

कार्यक्रममा कविलासी २ का वडाध्यक्ष रामपुकार मण्डल, स्थानीय व्यापारी उपेन्द्र राय, पुरन महतो, मनोज ठाकुर लगायत उपस्थित भएर मन्तव्य व्यक्त गरे ।