हरिवन – सर्लाहीको हरिवनमा आइतबार दोस्रो अर्गानिक तरकारी प्रदर्शनी तथा खाना महोत्सव–२०८० सम्पन्न गरिएको छ ।
हरिवन चेम्बर अफ कमर्सले हरिवन ११ स्थित पूर्व–पश्चिम राजमार्ग छेउमा दोस्रो वर्ष खाना महोत्सव गरेको हो ।
स्थानीय स्तरमा फल्ने तरकारी तथा यहाँका लोकल परिकारलाई पोत्साहन गर्न टेवा पुगोस् भन्ने उद्देश्यले अर्गानिक तरकारी प्रदर्शनी तथा खाना महोत्सव आयोजना गरिएको चेम्बर अफ कमर्स हरिवनका अध्यक्ष कृष्ण ओमपोतेले जानकारी दिए ।
