हरिवन – सर्लाहीको हरिवनमा आइतबार ३१ औँ नारायण उप्रेती स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
नारायण उप्रेती स्मृति प्रतिष्ठानको आयोजनामा हरिवन ११ स्थित वडा कार्यालयको प्राङ्गणमा स्वर्गिय उप्रेतीको शालिकमा माल्र्यापण, मन्तव्य व्यक्त, विद्यार्थीलाई पुरस्कार वितरणसहितका कार्यक्रम गरेर उप्रेतीलाई सम्झिने काम गरिएको हो ।
कार्यक्रममा सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती, एमाले नेता रेवती पन्त, डिल्ली प्रसाद उप्रेती, विदुर प्याकुरेल, गणेश प्रसाई, चुडामणि वाग्ले, शेष महबुब रेजा, कांग्रेस नेता रामशरण उप्रेती, माओवादी नेता अर्जुन पन्तलगायतले मन्तव्य राखे ।
तत्कालिन हरिवन गाविसको प्रथम जननिर्वाचित गाविस अध्यक्ष उप्रेतीको त्यसबेला राज्य पक्षबाट निर्मम ढंगले २०४९ सालमा ज्यान लिइएको थियो ।