बागमती – यही पुस २० गते बरहथवा घटनामा गोली लागेर मृत्यु भएका जयशङ्कर साहप्रति श्रद्धान्जली व्यक्त गर्दै बागमती नगरपालिकाले मङ्गलबार शोक बिदा दिएको छ ।
बागमती नगरपालिका–९, निर्माण चोकमा समेत घर रहेका साहको १३ औँ दिनको पुण्य तिथीको दिन मङ्गलबार नगरपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, नगरपालिका मातहतका कार्यालय र सङ्घसंस्था बन्द रहने नगरप्रमुख भरतकुमार थापाले शोक विज्ञप्ती जारी गरी जानकारी गराएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र हस्तान्तरण र स्नतरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको थियो ।
बरहथवा नगरपालिका–६ र बागमती नगरपालिका–९ दुवैतर्फ घर भएका साहले बरहथवा बजारमा होटल र दाना व्यवसाय संचालन गर्थे ।