हरिपुर – थारु बाहुल्य रहेको हरिपुर नगरपालिकामा आगामी मङ्गलबार पनि बिदा दिइएको छ ।
माघी पर्व अर्थात् माघे संक्रान्ति पर्वको अवसरमा सङ्घीय सरकारले भोली देशभर नै सार्वजनिक बिदा दिएको छ । हरिपुर नगरपालिकाले भने पर्सी मङ्गलबार थप एक दिन स्थानीय बिदा दिएको हो ।
नगरप्रमुख गोपाल पंजियारले आज सूचना जारी गर्दै पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघ २ गते मङ्गलबार नगरपालिका क्षेत्रमा माघी महोत्सव समेत आयोजना गरिएकाले सो दिन बिदा दिइएको उल्लेख गरेका छन् । त्यस दिन नगरपालिका, वडा कार्यालय, विद्यालय तथा आकस्मिक बाहेकका स्वास्थ्य संस्थाहरुमा स्थानीय बिदा दिइएको नगरप्रमुख पंजियारले जानकारी दिए ।