मूर्तिया – पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियामा रहेको मुक्तेश्वर मन्दिरको दर्शन गरेका छन् ।
उनलाई त्यहाँ समर्थकहरुले भव्य स्वागत गरेका छन् । त्यहाँ राजावादी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता र विभिन्न दल समर्थित नेता कार्यकर्ताले उल्लेख्य रुपमा सहभागी भएर स्वागत गरेका हुन् ।
उनीहरुले राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ जस्ता नारा लगाएका थिए । पूर्व राजाको आगमनलाई लक्षित गर्दै मूर्तिया क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
मूर्तिया मन्दिरको दर्शनपश्चात उनी सिमरातर्फ लागेका छन् ।