अत्रौली – लायन्स क्लबले आज सर्लाहीको हरिवन नगरपालिका–२, मा रहेको अत्रौली स्वास्थ्य चौकीलाई २ लाख ५० हजार रुपैयाँ बराबरको औषधि प्रदान गरेको छ ।
लायन्स क्लब अफ सर्लाही, लायन्स क्लब अफ लालबन्दी र लायन्स क्लब अफ लालबन्दी सिटीको संयुक्त आयोजनामा लायन्स क्लब इन्टरनेशनलका जन्मदाता मेलभिन जोन्सको जन्मोत्सव पारेर स्वास्थ्य चौकीलाई औषधि प्रदान गरिएको हो । लायन्स क्लब इन्टरनेशनल ३२५ एच डिस्टिकका रिजन चियरपर्सन राजकुमार न्यौपानेको प्रमुख आतिथ्यता तथा लायन्स क्लब अफ सर्लाहीका अध्यक्ष उमेश ठोकरको अध्यक्षतामा लालबन्दी सिटीका अध्यक्ष नारायण कुमार दाहाललगायतको उपस्थितिमा ती औषधि हरिवन नगरपालिका २ का वडाध्यक्ष अर्जुन कुमार योन्जनलाई हस्तान्तरण गरिएको छ ।
मेलभिन जोन्सको जन्मोत्सवकै अवसरमा बिहान लालबन्दी ७ डाँडाटोलमा रहेको शहीद इगल स्मृति नमूना माध्यमिक विद्यालयमा सरसफाई तथा वृक्षरोपण गरिएको छ ।