logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

५ दिनदेखि सर्लाहीमा घाम लाग्न सकेन, तापक्रम दिनहुँ घट्दो


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा विगत ५ दिनदेखि घाम लाग्न सकेको छैन् ।

यहाँ निरन्तर बाक्लो हुस्सु लागेर तुसारो परिरहेको छ । आज पनि बिहानैबाट हुस्सु लागेर तुसारो पर्दा कठ्यांग्रिदो चिसो रहेको स्थानीयले बताएका छन् ।

घाम लाग्न नसक्दा तापक्रम दिनहुँ घटिरहेको छ । आज बिहान ७ बजे सर्लाहीको तापक्रम ९ डिग्री सेल्सीयस मापन भएको छ ।

कठ्यांग्रिदो चिसोले अतिविपन्न, गरिब र मजदुर परिवारको दैनिकी सबैभन्दा बढी कष्टकर बनेको छ । उनीहरु आगो तापेर तथा परालमा सुतेर भएपनि चिसो छलिरहेका छन् ।

चिसो प्रभावितलाई न्यानो प्रदान गर्न पालिकाहरुले चासो देखाएका छैनन् । चिसो बढ्दा पशुपंक्षीसँगै विभिन्न लहरे र अन्य तरबाली प्रभावित भएको गुनासो किसानले गरेका छन् ।

मौसम प्रतिकूल भएको समयमा सकेसम्म घरभित्रै बस्न, ताता लुगा लगाउन, सुरक्षितसाथ आगो ताप्न, षोषणयुक्त खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् । तर, आर्थिक रुपमा विपन्न परिवारलाई यि सबै कुराको प्रवन्ध गर्न धउधउ छ ।

यहाँका केही पालिकामा विद्यालयहरु जाडो बिदाले बन्द भएका छन् भने कतै परीक्षा संचालन भइरहेको छ ।

ट्राफिक प्रहरीले बाक्लो हुस्सु लागेको समयमा अगाडिको दृश्य प्रष्टसँग नदेख्दा सवारी दुर्घटनाको जोखिम हुने भएकाले सावधानीका साथ हिँड्डुल गर्न र सवारी साधन संचालन गर्न आग्रह गरेको छ ।