logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

माओवादी नेता डाचाराज वाग्ले शहीद घोषित


  • उज्यालो अभियान

हजारबिघा – तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेलाई सरकारले शहीद घोषणा गरेको छ ।

मन्त्रिपरिषद बैठकले मंगलबार हरिपुर नगरपालिका १ हजारबिघा घर भएका वाग्लेलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । वाग्लेलाई शहीद घोषणा गर्न माग गर्दै माओवादी केन्द्र सर्लाहीका संयोजक रमेश बुढाथोकी (कमल) सहितका नेताहरुले प्रधानमन्त्री, गृहमन्त्रीलगायतसँग भेट गरेका थिए ।

सर्लाहीमा मिटरब्याज बिरोधी अभियान सञ्चालन गर्दै आउनु भएका ५१ वर्षीय वाग्लेको २०७७ साल माघ २१ गते राति मूर्तिया जंगलमा भएको रहस्यमय सवारी दुर्घटनामा मृत्यु भएको थियो । प्रहरीले वाग्ले सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको प्रतिवेदन सार्वजनिक गरे पनि परिवारका सदस्य र उनी आबद्ध पार्टी नेकपा माओवादी केन्द्रले भने सुनियोजित दुर्घटनाबाट वाग्लेको मृत्यु भएको दाबी गर्दै आएका छन् ।