logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डा अन्त्यको माग


  • उज्यालो अभियान

मलंगवा – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विश्व विद्यालयहरुमा हुने राजनीतिक भागबण्डा अन्त्यको माग राखी आज प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई हस्ताक्षर बुझाएको छ ।

अनेरास्ववियु सर्लाही क्याम्पस कमिटीको आयोजनामा प्रमुख जिल्ला अधिकारी ९सीडीओ० कोमलप्रसाद धमलामार्फत सरकारलाई हस्ताक्षर बुझाएको हो । प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने प्रणाली अन्त्य गरी प्राज्ञिक स्वायत्तता कायम गर्न मागसहित सर्लाही क्याम्पस मलंगवामा विद्यार्थीहरुबाट हस्ताक्षर संकलन गरेर बुझाइएको अनेरास्ववियु क्याम्पस कमिटीले जनाएको छ ।

कमिटीका अध्यक्ष तथा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सभापति समेत रहेका धर्मेन्द्र राय ९टाका०, अनेरास्ववियुका स्थायी कमिटी सस्य समिमबाबु पठानसहित भएर जिल्ला प्रशासन कार्यालयमा हस्ताक्षर बुझाएका हुन् ।