हरिवन – हरिवन सिटी जेसीज वर्ष–२०२४ को अध्यक्षमा निरज कार्की सर्वसम्मत चयन भएका छन् ।
दोस्रो वार्षिक साधारण सभाले कांग्रेस सर्लाहीका सचिव समेत रहेका कार्कीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितिको कार्यकारी उपाध्यक्षमा द्वय अर्जुन कुमार साह र सूर्यबहादुर अधिकारी, उपाध्यक्षमा रामकृष्ण मैनाली, रोशन दास, दीपक दाहाल र विवेक महत चयन भएका छन् ।
उनीहरुलाई हरिवन सिटी जेसीजका पूर्व अध्यक्षहरु विनोद महत, राजेश चौधरीसहितले अबिर, खादा र माला लगाइदिएर बधाई ज्ञापन गरेका छन् । गएको शुक्रबार लालबन्दी जेसीजको पनि नयाँ नेतृत्व चयन गरिएको थियो ।
वर्ष–२०२४ का लागि लालबन्दी सिटी जेसीजको अध्यक्षमा उपेन्द्र महतोसहित अन्य पदाधिकारी चयन भएका छन् ।
त्यस्तै, एक साताअघि भएको मलंगवा जेसीजको साधारण सभाले वर्ष–२०२४ का लागि अध्यक्ष दिलीप झासहित अन्य पदाधिकारी सर्वसम्मत चयन गरेको थियो ।