logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

जयशंकर साहको बागमतीमा अन्त्येष्टि


  • उज्यालो अभियान

बरहथवा – प्रहरीको गोली लागेर मृत्यु भएका बरहथवा ६ का युवा जयशंकर साहको अन्त्येष्टि गरिएको छ ।

आन्दोलनकारी नेतृत्व, पीडित परिवारसहित सरोकारवाला पक्षहरुबीच ११ बुँदे सहमति भएपछि मृतक साहको शव आइतबार राति मात्र घटनास्थलबाट उठाएर पोस्टमार्टम गरेपछि परिवारले बुझेका थिए ।

साहको शव नगर परिक्रमा गरी बागमती खोलास्थित खर्साल घाटमा लगेर अन्त्येष्टि गरिएको छ । योसँगै आज चौथो दिन बरहथवाको जनजीवन सामान्य बनेको छ ।