logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बरहथवा बजार आज दोस्रो दिन पनि बन्द


  • उज्यालो अभियान

युवकको गोली लागेर मृत्यु भएको पुल छेउछाउमा शनिबार बिहान भेला भएका स्थानीय । (तस्बीर : उज्यालो अभियान)

बरहथवा – सर्लाहीको बरहथवा बजार आज दोस्रो दिन पनि बन्द छ ।

हिजोको घटनापछि आज दोस्रो दिन पनि बजार खुल्न सकेको छैन् । बजार पसल व्यवसाय सबै बन्द छन् ।

निषेधाज्ञा लगाइएको बरहथवा बजार क्षेत्र र गोली लागेर मृत्यु भएको युवकको घटना भएको स्थल आसपास आज बिहानैदेखि प्रदर्शन जारी छ ।