logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

लालबन्दी जेसीज वर्ष २०२४ को अध्यक्षमा महतो चयन


  • उज्यालो अभियान

लालबन्दी – लालबन्दी जेसीज वर्ष २०२४ को अध्यक्षमा उपेन्द्र महतो सर्वसम्मत चयन भएका छन् ।

हिजो सम्पन्न लालबन्दी जेसीजको पाँचौं वार्षिक साधारण सभाले महतोको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । समितिको कार्यकारी उपध्यक्षमा उत्सव वन र कुमार घिमिरे, उपाध्यक्षहरुमा रवीन बोहोरा, प्रतिमा पौडेल, रामेश्वर महतो र सरिता केसी रहेका छन् ।

निर्वाचित पदाधिकारीलाई लालबन्दी जेसीजका पूर्व अध्यक्षहरु ठाकुरप्रसाद बख्रेल (मनोज), सन्तोष पौडेल, श्याम खड्का, किरण घिमिरेसहितले फूलमाला र अविर लगाइदिएर बधाई ज्ञापन गरेका छन् ।