logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बरहथवा घटना : सीडीओ धमला भन्छन– युवकको मृत्युको कारण ‘क्लियर’ हुन बाँकी नै छ


  • उज्यालो अभियान

बरहथवा – आज दिउँसोबाट तनावग्रस्त बनेको बरहथवामा विद्युत् प्राधिरकणको वितरण केन्द्र नजिकको पुलमा एक युवकको मृत्यु भएको छ ।

बरहथवा ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो । युवकको मृत्युको कारण प्रष्ट हुन सकेको छैन् । आन्दोलित पक्षले युवकको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको दावी गरेका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आन्दोलित पक्षबाट युवकको गोली लागेर मृत्यु भएको बताए पनि मृत्युको कारण खुल्न बाँकी रहेको बताए । “शव भएको स्थानसम्म प्रहरी पुग्न पाएको छैन्, स्थानीयले नै शव नियन्त्रणमा राखेका छन्,” सीडीओ धमलाले उज्यालो अभियानसँग भने, “प्रहरीले स्थिति नियन्त्रणमा लिएर मृत्युको कारण क्लियर गर्न खोज्दै छ ।”

बरहथवा ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र प्रदेश सरकारका हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयको विवादले बरहथवा बजार तनावग्रस्त बनेको छ । प्रहरीले तनाव नियन्त्रण गर्न अश्रुग्यास र हवाइ फायर गरेको छ ।

नगरप्रमुखको निजी घर र नगरपालिका कार्यालयमा तोडफोड तथा आगजनी भएपछि फायरिङ खोल्नु परेको एक सुरक्षा अधिकारीले उज्यालो अभियानसँग बताए ।