logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बलरा नगरपालिका र सामाजिक सुरक्षा कोषबिच श्रमिक आबद्धता सम्बन्धी सम्झौता


  • उज्यालो अभियान

बलरा – सर्लाहीको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिका र सामाजिक सुरक्षा कोषबिच श्रमिक आबद्धता सम्बन्धी सम्झौता भएको छ ।

सामाजिक सुरक्षा कोषको कार्यालय बबरमहल, काठमाडौँमा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र बलरा नगरपालिका नगरप्रमुख रामाशङ्कर प्रसाद कुशवाहाले सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौतासँगै बलरा नगरपालिका भित्रका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया सुरु भएको मेयर कुशवाहाले बताए ।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा आबद्ध गराउने बलरा नगरपालिकाको निर्णयले नगरक्षेत्रको मात्र नभई कोषमा आबद्ध हुन चाहने अन्य स्थानीय तहलाई समेत प्रेरित गरेको उल्लेख गरेका छन् ।