logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सोल्टीमा रहेको सिकारु सामुदायिक सिकाइ केन्द्रको पाँचौ साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमती नगरपालिका ८ सोल्टीमा रहेको सिकारु सामुदायिक सिकाइ केन्द्रको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको अध्यक्ष जंग बहादुर महतोको अध्यक्षतामा भएको कार्यक्रममा सर्लाही क्षेत्र नम्बर ३ (क) का प्रदेश सांसद जवाहर लाल कुशवाहाको प्रमुख आतिथ्यता, बागमती नगरपालिकाका उपप्रमुख लिला मोक्तान, अभियान नेपाल सामुदायिक सिकाइ केन्द्र गोडैताका अध्यक्ष रामचन्द्र कुशवाहा, काका सामुदायिक सिकाइ केन्द्र बलराका डाक्टर कमलेश्वर कुमार सिन्हा, बागमती नगरपालिकाका शिक्षा प्रमुख मिन प्रसाद उपाध्यायको बिशिष्ट अतिथि रहेको कार्यक्रममा साना किसान सहकारी संस्था बागमती नगरपालिका १० का अध्यक्ष भुपेन्द्रमान श्रेष्ठ लगायत बद्धिजिवी,समाजसेवी,शिक्षाप्रेमीको आतिथ्यता रहेको थियो ।

साधारण सभाले फेरि जंगबहादुर महतोको अध्यक्षतामा ११ सदसिय संचालक समिती समेत गठन गरेको छ । उपाध्यक्षमा राम नारायण महतो,सचिवमा राजकिशोर साह, सदस्यहरुमा यसोदा श्रेष्ठ, शान्तिदेवी, रामदुलारी साह, ललिता महरा चयन भएका छन् ।

त्यस्तै पदेन सदस्यमा नवजनजागरण मावि का प्रधानाध्यापक,बागमती नगरपालिका ८ का वडाध्यक्ष डम्बर कार्की,बागमती नगरपालिका शिक्षा शाखाका प्रमुख मिन प्रसाद उपाध्याय रहेका छन् भने कार्यालय सचिवमा निलम कुमारी महतो चयन भएको छ । साधारण सभाले बिभिन्न ब्यक्ति र संस्थालाइ सम्मान गरेकोे अध्यक्ष महतोले जानकारी दिए ।