logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याजी पीडित दुवै जना रिहा


  • उज्यालो अभियान

मलंगवा – मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समिति सर्लाहीका दुई सदस्य रिहा भएका छन् ।

अनुचित लेनदेनको छलफलका क्रममा मिटरब्याजी आरोपी (साहु) माथि हातपात गरेको र प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा लालबन्दी नगरपालिका २ नवलपुर निवासी फतिमा खातुन र चन्द्रनगर गाउँपालिकाका तैयब मन्सुरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु दुवै जना गएसाँझ हिरासतमुक्त भएका हुन् ।

सङ्घर्ष समितिका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि आक्रोशित भएका पीडितले हिजो पूर्व–पश्चिम राजमार्गस्थित नवलपुरमा आएर नाराबाजीसहित प्रदर्शन गरेका थिए ।