लालबन्दी – सर्लाहीको लालबन्दीमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आमसभा गर्दै छ ।
लालबन्दी ७ स्थित डुमडुमे मन्दिर नजिक जिल्ला स्तरीय आम सभा आयोजना गरिएको पार्टीका लालबन्दी नगर सभापति बालकृष्ण कार्कीले जानकारी दिए । कार्कीका अनुसार सभालाई पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, प्रतिनिधि सभा सदस्यहरु स्वर्णिमा वाग्ले, मनिष झा, सोविता गौतमलगायतले सम्वोधन गर्ने गरी तयारी छ ।
रास्वपाले सभामा जिल्लाभरबाट ठूलो संख्यामा कार्यकर्तालाई लालबन्दीमा उतार्ने गरी व्यापक प्रचारप्रसार गरेको छ ।