logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

खोला ठेक्का लगाउने सन्दर्भमा सार्वजनिक सुनुवाई


  • उज्यालो अभियान

लालबन्दी – लालबन्दी नगरपालिकाले खोला ठेक्का लगाउने विषयमा आज सरोकारवालालाई राखेर सार्वजनिक सुनुवाई गरेको छ ।

लालबन्दी ६ स्थित पुरानो नगरपालिका कार्यालयको सभा हलमा नगरप्रमुख बासुदेव अधिकारीको अध्यक्षतामा छलफल गरिएको हो । लालबन्दी नगरपालिका क्षेत्रभित्र रहेको लखन्देही, कालिन्जोर र फूलजोर खोला क्षेत्रहरुबाट ढुंगा, गिट्टी, बालुवा र ग्राभेल जस्ता नदिजन्य पदार्थको दिगो एवं वतावरणमैत्री तरिकाले उत्खनन एवं संकलन कार्यको लागि आवश्यक पर्ने प्रारम्भिक वातावरणीय परीक्षण (आई ई ई) प्रतिवेदन तयार पार्नका लागि सार्वजनिक सुनुवाई गरिएको हो ।

अब सार्वजनिक सुनुवाईबाट आएका सल्लाह सुझाव समेतलाई आधार मानेर उक्त प्रतिवेदन तयार पारेर ठेक्का प्रक्रिया अघि बढाइने छ । नगरप्रमुख अधिकारीले खोलानालाको जथाभावी दोहन नहुने र स्थानीय पनि प्रभावित नहुने गरी प्रतिवेदन तयार पारी ठेक्का अघि बढाइने बताए ।

सार्वजनिक सुनुवाईमा यससँग सम्वन्धित प्राविधिक, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, वन कार्यालयका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।