logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

रौतहट–सर्लाही यातायात प्रा.लि. को साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी – रौतहट सर्लाही यातायात प्रा.लि. को ५ औँ तथा जनकपुर यातायात जिप–टेम्पु व्यवसायी संघको २५ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

लालबन्दीस्थित होटल आर्या ईनमा संघका अध्यक्ष राजेशकुमार मैनालीको अध्यक्षता, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख (इन्स्पेक्टर) मदन थापाको प्रमुख आतिथ्यतामा र लालबन्दी नगरपालिका ९ का पूर्व वडाध्यक्ष गोपालप्रसाद घिमिरेको विशिष्ठ आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा सहभागी अतिथि तथा यातायात व्यवसायीलाई संघका कार्यालय प्रमुख जयबाबु चौधरीले स्वागत गरेका छन् ।

सभामा संघको गएको आर्थिक वर्ष २०७९/०८० को आयव्यव प्रस्तुत गर्दै वार्षिक निर्णय पारित गरिएको छ । संघमा म्याजिक, सुमो र विङ्गर गरी १४१ जना व्यवसायी आवद्ध रहेका छन् ।