logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

छोराको जन्मदिनमा शिक्षिकाले दिइन १८ विद्यार्थीलाई स्वीटर


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरमा रहेको आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी कोइरालाले आफ्नो छोराको जन्मदिनमा विद्यालयका विद्यार्थीलाई स्वीटर सहयोग गरेकी छन् ।

लालबन्दी नगरपालिका ७ निवासी कोइरालाले छोरा युनेश न्यौपानेको जन्मदिनको अवसर पारेर विद्यालयमा पढ्ने १८ जना विद्यार्थीलाई न्यानो स्वीटर प्रदान गरेकी हुन् ।

उनले विद्यालयमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थी छनौट गरेर स्वीटर प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदय पाख्रिनले जानकारी दिए ।