धरहरा – सर्लाहीको बागमती नगरपालिका वडा नं. २ धरहरामा नेपालका प्रथम प्रधानमन्त्री तथा राष्ट्रिय विभूति भिमशेन थापाको पूर्णकदको शालिक बन्ने भएको छ ।
बगाले थापा उत्थान अन्वेषण तथा कूल पूजा समितिले धरहरामा भिमसेन थापाको शालिक बनाउने भएको हो । आज बगाले थापाहरुको धरहरामा आयोजित कूल पूजाको अवसरमा शालिकको शिलान्यास गरिएको ईश्वरपुर नगरपालिका ८ का वडाध्यक्ष श्याम बहादुर थापाले जानकारी दिए ।
शालिक निर्माणका लागि बाराको कलैया निवासी रवीन थापा एक्लैले ६ लाख रुपैयाँ सहयोग गर्ने उद्घोष गरेका छन् ।
मार्ग शुक्ल पूर्णिमाको अवसरमा आज बगाले थापासहित विभिन्न जातिको कुल पूजा सम्पन्न भएको छ ।