logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

कक्षा ११ का विद्यार्थीलाई स्वागत


  • उज्यालो अभियान

लालबन्दी – जनज्योति बहुमुखी क्याम्पसको कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई आइतबार स्वागत गरिएको छ ।

क्याम्पसले एक कार्यक्रमको आयोजना गरी यो वर्ष नयाँ भर्ना भएका कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको हो । कक्षा १२ का विद्यार्थी राजीव कार्कीको अध्यक्षता तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारीको प्रमुख आतिथ्यतामा स्वागत कार्यक्रम सम्पन्न भएको क्याम्पसको स्वन्त्रत विद्यार्थी युनियन (स्ववियु) का सभापति अभिमन्यु चौधरीले जानकारी दिए ।

स्ववियु सभापति चौधरीका अनुसार शुभकामना मन्तव्यसहित साँस्कृतिक कार्यक्रम गरेर कक्षा ११ का छात्रछात्रालाई स्वागत गरिएको हो ।