मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा पुष ९ गते (भोली) बाट डिसहोम फाइबर कर्पोरेट सुपर सिक्सेज सिजन–२ क्रिकेट कप प्रतियोगिता सुरु हुने भएको छ ।
लक्ष्मी इन्टरप्राइजेज मलंगवाको आयोजनामा प्रतियोगिता सुरु हुन लागेको हो । मलंगवा नगरपालिका वडा नं. १० को तीनबिघे मैदानमा संचालन हुने प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने आयोजक लक्ष्मी इन्टरप्राइजेजका संचालक सुवास गुप्ताले जानकारी दिए ।
दुई दिनसम्म संचालन हुने प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको गुप्ताले बताए । ५ ओभरको खेलमा मलंगवाका ९ वटा वित्तिय संस्था तथा मलंगवामा नगरपालिकाको सहभागिता रहेको छ ।
सेमिफाइनल र फाइनल खेल पुष १० गते खेलाइने गुप्ताले बताए । विजेता टिमलाई प्रमाणपत्र, कप र मेडल प्रदान गरिनेछ ।