logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पार्टी फुटाउने तयारीमा रहेका महतो मलंगवामा


  • उज्यालो अभियान

मलंगवा – अहिलेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) फुटाएर नयाँ दल दर्ताको तयारीमा रहेका नेता राजेन्द्र महतो गृह जिल्ला सर्लाही आइपुगेका छन् ।

पूर्व मन्त्री समेत रहेका नेता महतोले हिजो सदरमुकाम मलंगवामा आफू निकटका पार्टी नेता, कार्यकर्तासँग भेट गरेका छन् ।

अध्यक्ष महन्थ ठाकुरसँगको दुरी टाढिएपछि महतो नयाँ दल दर्ताको तयारीमा छन् ।

पछिल्लो समय महोत्तरी जिल्ला अदालतले लोसपा नेता अभिराम शर्मालगायतका विरुद्धमा गरेको फैसलापछि एउटै पार्टीका नेता ठाकुर र महतोले बेग्लाबेग्लै विज्ञप्ती जारी गरेपछि उनीहरुबीचको तित्तता सतहमा आएको छ ।