लालबन्दी – सर्लाहीको लालबन्दीमा दुई दिनसम्म चलेको सुवेदी कल्याण प्रतिष्ठान नेपालको केन्द्रिय विधान सम्मेलन तथा नवौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
लालबन्दी नगरपालिका ७ स्थित लालबन्दी पार्टी प्यालेसमा आयोजित विधान सम्मेलनको आज समापन गरिएको हो । सम्मेलनबाट केही विधान संशोधनसहित जाजरकोट भूकम्पबाट प्रभावित २४ परिवार सुवेदी कुलबंशका लागि चन्दा संकलनसहितका कार्यक्रम भएका समाजका सर्लाही सल्लाहकार ऋषिप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा सातवटै प्रदेशबाट २ सय बढी प्रतिनिधि सहभागी भएका थिए ।