प्रतिकात्मक तस्बिर ।
फूलजोर – बाँके जङ्गलमा सवारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
मृतक पुरुषको परिचय खुल्न सकेको छैन । ठक्कर दिने सवारी पनि पहिचान नभएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनायो । प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठका अनुसार शुक्रबार साँझ पूर्व–पश्चिम राजमार्गको बाँके जङ्गलस्थित सशस्त्र प्रहरीको बेश नजिक रहेको लच्कामा अज्ञात सवारीको ठक्करबाट ती पुरुषको मृत्यु भएको हो ।
मङ्गोलियन अनुहार परेका अन्दाजी ६० वर्षीय पुरुषलाई सवारी साधनले टाउको र निधारमा गहिरो चोट लागेको, दाहिने खुट्टा भाँचिएको र बायाँ खुट्टाको पैताला किचिएको अवस्थामा मृत फेला पारिएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनायो ।
मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । मृतकको परिचय खुलाउन तथा दुर्घटना गराएर फरार सवारी पत्ता लगाउने प्रयास जारी छ ।