फाइल तस्बीर ।
लालबन्दी – आज बिहान पानी पर्लाजस्तो भई धुम्मिएको सर्लाहीको मौसम अहिले चर्को घाम लागेर उघ्रिएको छ ।
बिहान बादल लागेर पानी पर्ला जस्तो भएको यहाँको मौसम मध्यान्हपछि फेरि बद्ली भएर चर्को घाम लागिरहेको हो । बाक्लो हुस्सु र शितलहर चल्ने पुस महिनामा पनि पोल्ने गरी घाम लाग्दा धेरै स्थानीयले आश्चर्य मानिरहेका छन् ।
अहिले बाहिरी मौसम हेर्दा गर्मीयाम झैँ देखिन्छ । पुस पहिलो साता बित्दा पनि तराई–मधेशमा यो वर्ष अत्यधिक चिसो हुन पाएको छैन् । शितलहर सुरु भएको छैन् ।
बिहान–बेलुका र रातको समयमा चिसो हुने गरेपनि दिनभर पारिलो घाम लागेर न्यानो छ । पुस लागेपछि जाडो बढ्ने अनुमान गरेका स्थानीयले पुस लागेपछि झनै चर्को घाम लागेर मौसम बद्ली हुँदा आश्चर्य मानिरहेका हुन् ।