लालबन्दी – सर्लाही क्षेत्र नं. १ (ख) की प्रदेश सभा सदस्य बेची लुंगेली आफ्नो निर्वाचन क्षेत्रको चुरेभेगमा रहेको खानेपानीको समस्या लिएर खानेपानी मन्त्री महिन्द्रराय यादवलाई भेट्न पुगेकी छन् ।
प्रदेश सभा सदस्य लुंगेलीले सर्लाहीकै क्षेत्र नं. २ का संघीय सांसद तथा हाल केन्द्र सरकारका खानेपानी मन्त्री यादवलाई शनिबार दिउँसो काठमाडौंस्थित मन्त्रालयमा भेटेर यहाँको खानेपानी समस्याबारे अवगत गराएका हुन् । आफूले ईश्वरपुर नगरपालिका १२ को घारिबथान, गुइडुङ, लालबन्दी १५ को चुरेभेग, भालुखोप, नारायण डाँडा, नारायणखोला सहित हरिपुर, पिपरियालगायत भेगको खानेपानी समस्या समाधानका लागि पहल गरिदिन मन्त्री यादवसँग अनुरोध गरेको उनले बताईन् ।
लुंगेलीसँगै नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा र नेता उद्धव पाठकले पनि मन्त्री यादवसँग भेट गरेका छन् ।