लालबन्दी – सर्लाहीको लालबन्दीमा गएराति मध्यरातमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भई ढलेको अवस्थामा भेटिएका घाइतेलाई आज हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
गएराति साँढे ११ बजे लालबन्दी ६ स्थित भित्री सडकमा ज २ प ९६९५ नम्वरको मोटरसाइकल लडिरहेको र छेउमा एक पुरुष शक्त घाइते भइ ढलिरहेको अवस्थामा फेला परेका थिए । घाइतेलाई प्रहरीले तत्कालै उद्धार गरेर उपचारका लागि मोडेल अस्पताल लालबन्दी पुर्यायो ।
त्यहाँ उपचारकै क्रममा घाइते व्यक्ति लालबन्दी नगरपालिका ७ निवासी ४२ वर्षीय सौरव तिमल्सिना रहेको खुलेको प्रहरीले जनाएको छ । परिवारका सदस्य आएर चिनेपछि उनीहरुले तत्कालै कैलाश हेलिकप्टर सर्भिसेस्को हेलिकप्टर मगाएर उपचारका लागि न्यूरो अस्पताल काठमाडांै लगेका हुन् ।
तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको जस्तो देखिएको र यस सम्वन्धमा थप अनुसन्धान भइरहेको लालबन्दी प्रहरीले जनाएको छ ।