logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

वनमन्त्री सागरनाथ आउने कार्यक्रम स्थगित


  • उज्यालो अभियान

फूलजोर – संघीय सरकारका वन तथा वातावरण मन्त्री डाक्टर वीरेन्द्र प्रसाद महतो सागरनाथ वन विकास परियोजनाको निरीक्षण गर्न सर्लाही आउने कार्यक्रम स्थगित भएको छ ।

मन्त्री महतोको ब्यस्तताका कारण हिजो (बिहीबार) का लागि निर्धारित निरीक्षणको कार्यक्रम रोकिएको परियोजनाले जनायो । संघ तथा प्रदेश सरकारबीच स्वामित्वको विषयलाई लिएर विवाद भइरहँदा जरजर बनेको परियोजनाको वर्तमान स्थिति बुझ्न मन्त्री महतो हिजो मध्यान्ह यहाँ आउने कार्यक्रम थियो ।

उनी केही दिनपछि पुनः निरीक्षणमा आउने बुझिएको छ ।