logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

जातिय भेदभावविरुद्ध अन्तक्र्रिया


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा आज जातिय भेदभावविरुद्ध अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।

दलित स्टोरी युवा क्लब हरिवनको आयोजनामा स्थानीय तहमा जातिय भेदभावविरुद्ध अन्तक्र्रिया कार्यक्रम गरिएको हो । जातिय भेदभाव तथा छुवाछुत अन्त्य गरौँ, समतामुलक समाजको निर्माण गरौँ भन्ने मूल नारासहित कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कार्यक्रमका वक्ता तथा सहभागीले अहिलेको २१ औँ चेतनशील समाजमा पनि जातकै नाममा अनेक विभेद र हिंसा हुने गरेकोमा चिन्ता व्यक्त गरेका छन् ।

सलिना विकको अध्यक्षता तथा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यतामा अन्तक्र्रिया कार्यक्रम गरिएको सामरी उत्थान सेवाका मनोज पासवानले जानकारी दिए ।