बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा केन्द्रिय कार्यालय रहेको चमेली बचत तथा ऋण सहकारी संस्थाको आज (मंगलबार) २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
विभिन्न सेवा केन्द्रमा साधारण सभा गरी आज बयलवासस्थित केन्द्रिय कार्यालयमा मुख्य साधारण सभा गरिएको हो । संस्थाका अध्यक्ष रामप्रताप साहको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा आयोजित साधारण सभामा पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य चन्दा चौधरी, ईश्वरपुर नगरपालिका प्रमुख मनोजकुमार आचार्य, हरिपुर नगरपालिकाका पूर्व प्रमुख जमिरुद्धिन मन्सुर, ईश्वरपुर नगरपालिका ६ का वडाध्यक्ष मोहम्मद रहमान अन्सारी, संस्थाका कार्यकारी अधिकृत भरत साहलगायतको आतिथ्यता रहेको थियो ।
संस्थाका लेखा समिति संयोजक मेनकुमार गौतमको संचालन तथा ऋण उपसमितिका सदस्य योगनारायण चौधरीको स्वागतमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा संस्थाले गएको आर्थिक वर्ष २०८०÷०८१ मा १ करोड ७ लाख ७३ हजार ४७८ रुपैयाँ २९ पैसा मुनाफा आर्जन गरेको जानकारी गराइएको छ ।
उक्त मुनाफाबाट शेयर सदस्यलाई ६ प्रतिसत लाभांश वितरण गर्ने जानकारी सभामै गराइएको छ । संस्थाले साधारण सभाको अवसरमा शंकरमान श्रेष्ठ, जमिरुदिन मन्सुरलगायत २१ जनालाई सफल उद्यमी सम्मान, १४ वटा समूहलाई उत्कृष्ट समूह सम्मान, पत्रकार डुकु प्रसाद कोइरालालाई चमेली साकोस पत्रकारिता सम्मान, मलंगवा शाखालाई उत्कृष्ट शाखा सम्मानसहित उत्कृष्ट कर्मचारी, बचतकर्तालगायतलाई सम्मान गरेको छ ।
संस्थाले मलंगवा, गोडैता र बरहथवा सेवा केन्द्रमा केही दिन पहिले साधारण सभा गरिसकेको थियो ।