चिसो छल्न आगो बालेर तापिरहेका सर्वसाधारण । (तस्बीर : जनक कार्की)
लालबन्दी – सर्लाहीमा हिजो अस्तीको तुलनामा आज अली बढी चिसो छ ।
स्थानीयले यहाँ हिजो–अस्तीको भन्दा आज अली बढी कठ्यांग्रिदो चिसो महशुस गरेका हुन् । जिल्लामा उत्तरी भेगको मौसम विस्तारै उघ्रिँदै छ । तर हुस्सु र घाम सँगसँगै रहेकाले उत्तरी भेगमा पनि हिजो अस्तीको भन्दा आज अली बढी चिसो महशुस भइरहेको स्थानीयले बताएका छन् ।
उत्तरी भेगमा चिसो स्याँठ समेत चलिरहेको छ । सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा अहिले बाक्लो मात्रामै हुस्सु छ ।
त्यसैले दक्षिणी भेगमा चिसो नै रहेको स्थानीयले बताएका छन् । होँचो भू–भागमा पर्ने मलंगवासहित दक्षिणी भेगमा ढिलो गरी मौसम उघ्रिने गरेको छ ।