हरिपुर – हरिपुर कृषि सहकारी संस्था हरिपुर २ को अध्यक्षमा पुनः शंकरप्रसाद दाहाल चयन भएका छन् ।
संस्थाको आइतबार सम्पन्न १२ औँ वार्षिक साधारण सभाले फेरि दाहालकै नेतृत्वमा ७ सदस्यीय संचालक समिति चयन गरेको हो । दाहाल उद्योग वाणिज्य संघ हरिपुरको अध्यक्ष समेत हुन् ।
यस्तै, डम्बर कार्कीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरिएको छ । हरिपुर नगरपालिका २ का वडाध्यक्ष निलबिक्रम थापाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।