चिसो छल्न आगो बालेर तापिरहेका सर्वसाधारण । (तस्बीर : जनक कार्की)
मलंगवा – सर्लाहीको उत्तरी भेगको मौसम उघ्रिएर पारिलो घाम लागिरहेको छ ।
उत्तरी चुरेभेग र पूर्व–पश्चिम राजमार्ग क्षेत्रका लालबन्दी, नवलपुर, हरिवन, बागमती क्षेत्रमा पातलो हुस्सुकै बीच घाम झुल्एिको हो । तर, सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने अहिले बाक्लो हुस्सु छ ।
मलंगवा, हरिपूर्वा, पर्सा, ब्रम्हपुरी, कौडेना, विष्णु, गोडैता, बलरासहित दक्षिणी भेगमा नजिकैको देश्य समेत नदेखिने गरी बाक्लो हुस्सु लागेको स्थानीय वासिन्दाले जानकारी दिएका छन् ।
सर्लाहीमा होँचो भूभागमा पर्ने दक्षिणी भेगमा प्राय : ढिलो गरी हुस्सु हटेर घाम लाग्ने गरेको छ ।
हिजोबाट पुस लागिसकेको छ । तर तराईमा अझै दिनभर पारिलो घाम लागिरहेकै छ । रातको समयमा भने कठ्यांग्रिदो चिसो हुने गरेको छ ।