हजरिया – सर्लाहीको बरहथवा नगरपालिका–२, हजरियामा रहेको कल्पवृक्ष अंग्रेजी आवासिय विद्यालयका शिक्षक तथा विद्यार्थीले आइतबार जुटपानी आश्रममा खाद्यान्न सहयोग गरेका छन् ।
स्कुल परिवार र त्यहाँ अध्ययनरत सम्पूर्ण छात्रछात्राहरुको सामूहिक सहयोगमा पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम लालबन्दी २ जुटपानीमा खाद्यान्न प्राप्त भएको हो । शिक्षक तथा विद्यार्थीले आश्रममा आएर अध्यक्ष भवानी कोइरालालाई खाद्यान्न हस्तान्तरण गरेका छन् ।
लोकबहादुर कार्कीको समन्वयमा विद्यालय परिवार तथा विद्यार्थीको तर्फबाट ५० केजी चामल, १० केजी तेल, ५ केजी दाल, १० केजी चिनी, २० केजी आलु, १५ केजी काउली, १० केजी चिउरा, १० केजी भुजा, २ केजी मसला, ७ केजी नुन, ५ केजी गोलभेँडा, ५ केजी प्याज, १ केजी लसुन, खुर्सानी र बेसार प्राप्त भएको जुटपानी आश्रमले जनाएको छ ।