फाइल तस्बीर ।
जनकपुर – सर्लाहीको मौसम उघ्रिएर घाम लाग्न थालेको छ ।
पालतो मात्रामा लागेको हुस्सु हटेर जिल्लाभरकै मौसम सफा हुँदै गएको हो । पारिलो घाम लाग्न थालेसँगै आज पनि स्थानीयले न्यानो महशुस गरिरहेका छन् ।
आजबाट पुस सुरु भएको छ । तर तराई क्षेत्रमा अझैसम्म लगातार शितलहर भने चलेको छ । बिहान–बेलुका र रातको समयमा चिसो भएपनि दिनभर ताता घाम लागेर न्यानो नै हुन्छ ।
पुस र माघलाई बढी चिसो हुने महिना मानिन्छ । तराई–मधेशमा आजसम्म रातको समयबाहेक अरु बेला न्यानो नै छ ।
चुरेपाखा तथा खोला किनारका आसपासका बस्तीमा बिहान–बेलुका स्याँठ चल्ने गरेको स्थानीयले बताएका छन् । चिसोका कारण जिल्लामा धेरैजसोलाई घाँटी दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता चिसोजन्य संक्रमण देखिएको छ ।
चिकित्सकले न्यानो कपडा लगाउन, बाक्लो हुस्सु तथा स्याँठ चलेको बेला घरभित्रै बस्न, झोलिलो र ताजा खानेकुरा खान र चिसोबाट बच्ने उपाय अपनाइ राख्न सुझाव दिएका छन् ।