logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

रामनगर गाउँपालिकाको वडासँग अनुरोध : सडकको अतिक्रमण हटाउनु पर्यो


  • उज्यालो अभियान

रामनगर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष ।

रामनगर – सर्लाहीको रामनगर गाउँपालिकाले सडकको अक्रिमण खाली गर्न वडाहरुसँग सहयोग मागेको छ ।

गाउँपालिकाले सूचना निकालेर सडक क्षेत्रभित्र गोबर, बैलगाडी, पशु, टे«क्टर, पराल तथा अन्य निजी सामग्रीहरु हटाउन वडासँग अनुरोध गरेको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार यादवले मंसिर २६ गते नै सूचना जारी गरी १५ दिनभित्र सडक पेटी खाली गर्न गराउन वडा कार्यालयबाट आवश्यक सहयोग तथा सहजीकरण लागि अनुरोध गरेका छन् ।

मधेशका ग्रामीण भेगमा बाटो त्यसैपनि साँघुरो हुने र त्यसमाथि बाटोमै वस्तुचौपाय बाध्नेदेखि सरसामग्री थुपार्दा बाटो नै ठप्प जस्तै हुने गरेको छ ।