logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बरहथवामा डीएसपी फेरिए, स्थायी दरबन्दी अझै कायम हुन सकेन


  • उज्यालो अभियान

बरहथवा आउने भएका डीएसपी थापा ।

बरहथवा – सर्लाहीको बरहथवामा रहेको इलाका प्रहरी कार्यालयका इन्चार्ज एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) फेरिएका छन् ।

बरहथवामा डीएसपी बस्न थालेको ३ वर्ष भन्दा बढी भइसक्दा समेत स्थायी दरबन्दी कायम हुन सकेको छैन् । प्रहरी प्रधान कार्यालयले काजमा डीएसपी खटाउँदै आएको छ ।

अहिलेका डीएसपी लीलाराज लामिछानेको नेपाल प्रहरीको कर्णाली प्रदेश सुर्खेतस्थित गणमा काज सरुवा भएको हो । स्रोतका अनुसार राजनीतिक रुपमा अली बढी किचलो हुने इप्रका बरहथवा क्षेत्रमा डीएसपी लामिछानेले आएको केही दिनमै अन्यत्र सरुवा हुन खोजेका थिए ।

उनी यहाँ ५ महिना बसे । बरहथवामा डीएसपी गंगाबहादुर थापालाई काज खटाइएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत थापालाई काजमा खटिएर यहाँ आउने भएका हुन् ।