हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका र ईश्वरपुर नगरपालिकामा संचालित बाल संवेदनशील अभिभावकत्व कार्यक्रममा सहभागी अभिभावकलाई बिहीबार तालिम प्रदान गरिएको छ ।
ग्रामीण नारी उत्थान संघ हरिपुरले सेभ द चिडे«ेनको सहयोगमा संचालन गरेको तालिममा सहभागीलाई बिहीबार हरिपुर नगरपालिका २ का वडाध्यक्ष निलबिक्रम थापाको अध्यक्षतामा तालिमको समापन गर्दै प्रमाण–पत्र वितरण गरिएको हो । थापाले नै प्रमाण–पत्र वितरण गरेका हुन् ।
पहुँच परियोजना अन्तर्गत संचालित तालिममा स्वस्तीक चौधरी र अप्सरा पोखरेलले सहजीकरण गरेका थिए ।